पहिलो पटक प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटारमा

काठमाडौं, पुस ४ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ।  

अध्यक्ष प्रचण्डलाई भेट्न शनिबार प्रधानमन्त्री ओली पहिलो पटक उनकै निवास खुमलटार पुगेका हुन्।  प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अहिले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच खुमलटारमा छलफल भइरहेको छ।

पार्टीभित्रको आन्तरिक विवाद चरोमत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार नै पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यसअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच शुक्रबार साँझ बालुवाटारमा भेटवार्ता भएको थियो।