ओली फर्किएपछि नेपाल र गौतम पुगे प्रचण्ड निवास खुमलटार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेर फर्किएपछि नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल र बामदेव गौतम खुमलटार पुगेका छन् । पार्टीभित्रको विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न वरिष्ठ नेता नेपाल र गौतम प्रचण्ड निवास खुमलटार पुगेका हुन् । 

अहिले नेपालसँगै उपाध्यक्ष वामदेव गौतम, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो राजनीतिक घटनाक्रमका विषययमा छलफलमा जुटेका छन् । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका थिए । पार्टीभित्र सङ्कट गहिरिँदै गएपछि प्रधानमन्त्रीसमेत रहेका ओली पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न उनकै निवास खुमलटार पुगेका थिए ।  

पार्टीभित्रको संकट गहिरिँदै गएपछि नेकपा नेताहरुले छलफल तिव्र पारेका छन् ।