संसद अधिवेशन तत्काल बोलाऊ : कांग्रेस-जसपा

काठमाडौं, पुस ४ : विपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले सयुक्त रुपमा संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले संसदको अधिवेशन बोलाउन सयुक्त रुपमा माग गरेको हो। 


कांग्रेसको अग्रसरतामा भएको उक्त छलफलमा संसद अधिवेशन बोलाउन माग गर्ने र संसदमा प्रतिपक्षीको भूमिकालाई शशक्त बनाउने सहमति भएको हो। 

बैठकमा सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, मिनेन्द्र रिजाल लगायतक नेताहरु थिए भने जसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए ।