प्रधानमन्त्री ओलीद्वारा द्वारा संसद विघटन गर्न सिफारिस

काठमाडौं : आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान आकस्मिक रुपमा बाेलाएकाे मन्त्रिपरिषद् बैठकले संसद् विघटन गर्न गर्न सिफारिस गरेकाे छ।

आज बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उर्जामन्त्री वर्षमान पुनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका थिए।

यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो। नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ ।