आम चुनाव २३ वैशाखमा गर्ने प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं : राष्ट्रपति समक्ष प्रधानमन्त्री ओलीले वैशाख २३मा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न भने बाँकी नै छ।

२३ वैशाखमा चुनाव प्रस्ताव राखेको भए पनि वैशाख २९ को विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।