का‌ंग्रेसले पदाधिकारी बैठक बोलायो

काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि सिफारिस गरेपछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

सभापति शेरबहादुर देउवाले आज मध्याह्न १ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बैठकका लागि बोलाएका हुन्। सभापति देउवा निवास बुढानिलकण्ठमा बैठक बोलाएको हो।

प्रधानमन्त्री ओलीले संसद् विघटनाका लागि सिफारिस गरेपछि छलफल गर्न बैठक बोलाएको कांग्रेसले जनाएको छ।