नेपाली कांग्रेसले बोलायो सर्वदलीय बैठक

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले आज अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

‘आज सर्वदलीय बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्था’bout छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको जनाएको छ ।

बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ।

आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरेका थिए।