प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु, माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव

काठमाडौं, पुस ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड– माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो।

स्थायी कमिटीको बैठकले माधवकुमार नेपाललाई पनि पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको छ।