फरक कित्तामा सांसद दम्पति : पत्नी ओलीतिर, पति प्रचण्ड-नेपालतिर

फुट्न लागेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरू आ-आफ्नो कित्ताकाट गर्न थालेका छन्। यसअघि एक समूहको अर्को समूहमा पुग्ने क्रम शुरु भएको छ ।

पति-पत्नी पनि विभाजनको असरले गर्दा फरक-फरक कित्तामा पुग्न थालेका छन् । यसै क्रममा नेकपाका प्रतिनिधि सभा सांसद रघुवीर महासेठ र जुली महतो दम्पती फरक कितामा देखिएका छन् । पति रघुवीर महासेठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल समूहमा पुगेका छन् भने पत्नी जुली महतो ओली समूहका भेलामा सहभागी भएकी छन् ।

रघुवीर महासेठ २०७४ सालको निर्वाचनमा धनुषा-४ बाट निर्वाचित भएका थिए भने जुली महतो समानुपातिक सांसद हुन्। स्थायी समिति सदस्यसमेत रहेका महासेठ लामो समयदेखि केपी शर्मा ओली समूहमा थिए। ओलीले उनलाई भौतिक पूर्वाधार मन्त्रीसमेत बनाएका थिए भने पछि उनलाई हटाइएको थियो। 

पत्नी जुली महतो बालुवाटार प्रधानमन्त्री ओलीले डाकेको केन्द्रीय कमिटी बैठकमा पुगेकी थिइन् भने पति घुवीर महासेठ मंगलबार दिउँसो बबरमहलमा भएको प्रचण्ड-नेपाल पक्षीय स्थायी कमिटीको बैठकमा सहभागी भएका थिए।