प्रतिनिधिसभा विघटनसम्बन्धी सबै मुद्दा अब संवैधानिक इजलासमा

प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलासमा पठाएका छन्। प्रधानन्यायाधीश राणाको एकल इजलासले प्रतिनिधि सभा विघटनविरूद्ध परेका १२ रिटको बुधबार सुनुवाइ गर्दै सबै मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय गरेको छ।

प्रधानन्यायाधीश राणाले इजलासमा यी मुद्दाहरूमा संवैधानिक विषय जोडिएकाले संवैधानिक इजलासमा पठाउने निर्णय गरेका छन् । 

 आगामी शुक्रबार संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ हुनेछ।