उठ्दैछ धरहरा

२०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको २० औं तलामा रहने बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । यसै अनुरुप राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २० औं तलाको पुननिर्माण गर्ने काम सम्पन्न भएको बताएको छ । कूल २३ तला रहने धरहराको २० औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल ज्ञवालीले बताए ।

पुनःनिर्माण भइरहेको धरहरा समग्रहमा भित्री रूपमा २५ तलाको हुनेछ। बाहिरबाट हेर्दा ११ तला देखिने धरहराको भित्री रूपमा जमिनमुनी दुई तलाको बेसमेन्ट र जमिनमाथि ग्राउन्ड फ्लोरसहित २३ तलाको हुनेछ। यसको टुप्पोमा गजुर राखिनेछ। यसको उचाइ ७९.२ मिटर हुने प्राधिकरणले जनाएको छ ।

टावरभित्र दुई वटा लिफ्ट हुनेछन् तथा फलामको भ¥याङ पनि रहनेछ। यस्तै, धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रूत गतिमा भइरहेको सीईओ ज्ञवालीले बताए । त्यसबाहेक टक्सार संग्राहलय, भूकम्प संग्राहलय लगायतको संग्राहलय रहने भवनको निर्माण कार्यपनि तीव्र गतिमा भइरहेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सिनियर डिभिजन इन्जिनियर ध्रुवप्रसाद पौडेलले धरहरा निर्माणको ६० प्रतिशत काम सकिएको भन्दै आगामी असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको बताए।