राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं, पुस १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्।

गत शुक्रबार बसेको मन्त्रिरपरिषद बैठकले राष्ट्रपतिलाई अधिवेशन आह्वानको लागि सिफारिस गरेसँगै उनले शुक्रबार ४ बजेको लागि अधिवेशन आह्वान गरेकी हुन्।

राष्ट्रपतिले संविधानको  धारा  ९३ को उपधारा  १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन्।