कांग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन (फोटो फिचर )

नेपाली कांगे्रसले सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गरेको छ । कांग्रेस केन्द्रीय समितिको यही पुस ९ गतेको बैठकले १६५ सङ्घीय निर्वाचन क्षेत्रमा पार्टीका क्षेत्रीय कार्यसमितिको आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

देशव्यापी विरोध प्रदर्शनका क्रममा आज काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा विभिन्न नेताले सम्बोधनका क्रममा प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको तर्क गरे ।