बागमती प्रदेशको संसदीय दलको नेताबाट पौडेललाई प्रचण्ड–नेपाल समूहले हटायो, शाक्य नयाँ नेता चयन

नेकपा प्रचण्ड–नेपालले बागमती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएको छ।

प्रचण्ड–नेपाल समूहको संसदीय दलको बुधबार पेरिसडाँडामा बसेको बैठकले पौडेललाई दलको नेताबाट हटाई अष्टलक्ष्मी शाक्यलाई नयाँ नेता चयन गर्ने निर्णय अनुमोदन गरेको हो।

मंगलबार मुख्यमन्त्री पौडेलले संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र प्रमुख सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका थिए।