प्रचण्ड पत्नी सीता अस्पताल भर्ना
काठमाडौं, पुस १५ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।
स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। उनी प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगबाट पीडित छन्। यसले बिरामीलाई मानसिक र शारीरिक रुपमा कमजोर बनाउँछ।
आज बिहानदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको उनकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।
यसअघि उनको सिंगापुर र अमेरिका पनि उपचार भएको थियो। केही सन्चो लागेको भएपनि रोग निको भएको छैन।