लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

काठमाडौं, पुस १६ : लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखा, बानेश्वरको निर्देशनमा उनलाई प्रहरीले पर्साबाट पक्राउ गरेको हो। 

प्रदेश नं. २ प्रहरीका अनुसार पक्राउ परेका अग्रवाललाई काठमाडौं पठाउने तयारी भइरहेको छ।

किसानको उखुको रकम समयमा भुक्तानी नगरेपनि गृह मन्त्रालयले चिनी उद्योगीहरुलाई पक्राउ गर्ने निर्देशन दिएको थियो।