बारा-जितपुर खण्डमा कारको ठक्करबाट एउटा पाटेबाघको मृत्यु

पूर्वपश्चिम राजमार्गको बारा-जितपुर खण्डमा कारको ठक्करबाट एउटा पाटेबाघको मृत्यु भएको छ। 

बा१६ च ८११ नम्बरको कारले बिहान सवा ७ बजे जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई ठक्कर दिंदा बाघको मृत्यु भएको हो। 

हेटौंडाबाट सर्लाही जाँदै गरेको कारले बाघलाई ठक्कर दिएको थियो ।

कार चालक सर्लाहीका अजय मिश्र र बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ ।