मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक सर्वसाधारणलाई ठक्कर दिएर भाग्यो

सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक सर्वसाधारणलाई ठक्कर दिएको छ।

ना१झ ३८४२ नम्बरको साह सवार गाडीले ठक्कर दिएर भागेको थियो। ठक्कर दिएर भागेको गाडी कहाँ छ भन्ने प्रहरीलाई थाहा छैन।

सर्लाही प्रहरीका अनुसार मन्त्री साहको गाडीले हरिवन नगरपालिका-१० मा सर्वसाधारणलाई ठक्कर दिएको हो।

बाटो काटिरहेका लालबन्दी नगरपालिका-८ का बच्चु तामाङलाई मन्त्री सवार गाडीले ठक्कर दिएको थियो। उनको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ।