अबको रणनीति’bout छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, पुस १९ : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको रणनीति’boutमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

 गत ७ गतेदेखि सुरु भएको बैठक सरकारविरुद्ध प्रदर्शन र मेलमिलाप दिवसको कार्यक्रममा केन्द्रीत हुने भन्दै ९ गतेसम्म बसेर स्थगित भएको थियो । त्यसैलाई निरन्तरता दिँदै बैठक आज पनि बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनको विषय अदालतमा विचाराधीन भएकाले अहिले आन्दोलनमा जान नहुने बताउँदै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध र आन्दोलनका कार्यक्रम गरी प्रतिकार गर्नुपर्ने बताएका छन् ।

यसअघिको केन्द्रीय समितिको बैठकले निर्णय गरेर देशभरका निर्वाचन क्षेत्रमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।