भारतमा रोजगारीका लागि गएका एक नेपाली युवामाथि नेपाल फर्कदै गर्दा नेपाल-भारत सीमा क्षेत्रमा गोली हानियो

कञ्चनपुर : भारतमा रोजगारीका लागि गएका एक नेपाली युवामाथि नेपाल फर्कदै गर्दा कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा गोली चलाइएको छ ।सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन सुनार भारतीय एसएसबीले गोली चल्दा घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।नेपाल-भारतको सीमा कुदियाकबर भन्दा पाँच सय मिटर भित्र भारतीय भूमिमा सुनारमाथि गोली चलाएको छ।
घाइते सुनारको दाहिने खुट्टामा गोलीको छर्रा लागेको छ।
सीमा क्षेत्रका सर्वसाधारणले भने भारतीय सुरक्षाबल एसएसबीले गोली हानेको हुन सक्ने अनुमान गरेका छन्।