काठमाडौं उपत्यकाको वायू प्रदूषण उच्च
काठमाडौं, पुस २१ : काठमाडौं उपत्यकामा वायु प्रदुषण उच्च देखिएको छ।
संसारकै प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसन’bout अध्ययन गर्ने वेबसाइट आईक्यूएअर डटकमका अनुसार काठमाडौंमा सोमबारको वायु प्रदूषण खतराको बिन्दूमा पुगेको हो ।
वेबसाइटका अनुसार काठमाडौंमा वायुको गुणस्तर खराबको सूचीमा १ नम्बरमा रहेको छ । उसका अनुसार राति ९ बजेसम्म पनि काठमाडौंको वायुमा कुनै सुधार नदेखिएको हो । वायु प्रदूषणका दृष्टिले काठमाडौं खतराको सूचीमा रहेको भन्दै त्यस्तो अवस्थामा के गर्ने, के नगर्ने भन्ने स्वास्थ्य सल्लाहसमेत दिइएको छ ।
जसअनुसार यस्तो बेला अनिवार्य मास्क लगाउन, बाहिरबाट आउने खराब हावा प्रवेश गर्न नदिन आफ्नो घर कोठाको झ्याल ढोका बन्द गर्ने, घर बाहिरको शारिरीक अभ्यास नगर्ने जस्तो सल्लाह दिइएको छ ।