काठमाडौंबाट विप्लव समूहका तीन नेता पक्राउ

काठमाडौं, पुस २३ : प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका तीन जना नेतालाई पक्राउ गरेको छ। प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको संयुक्त टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा समूहका काठमाडौं सेक्रेटरी विपिन भनिने भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाही छन्।

पक्राउ परेकाको साथबाट प्रहरीले महत्वपूर्ण कागजपत्र समेत बरामद गरेको छ। 

पक्राउ परेका तीनै जनाविरुद्ध चन्दा ऐन अन्तर्गत म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।