टोखाको एक हाउजिङमा श्रीमानको हत्या गरी श्रीमतीले गरिन् आत्महत्या

काठमाडौं : टोखा स्थित एक हाउजिङमा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छन् । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

श्रीमान् उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका र उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको जानकारीमा आएको छ ।सुर्खेत घर भएका उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका थिए ।

भित्रबाट लक गरिएको कोठामा गएराति श्रीमती सुदिक्षा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् भने उमेश बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए ।अनुसन्धान अधिकारीका अनुसार उमेशको शव नजिकै रगत लागेको सिलौटो समेत फेला परेको र उनको कानबाट रगत बगेको देखिएकाले सिलौटो प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार ‘श्रीमानको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ ।यद्यपि विस्तृत विवरण भने पोष्टमार्टम रिपोर्टपछि खुल्ने जनाएको छ ।