राष्ट्रिय एकताको गाँठो बलियो पारौँ : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ–  पूर्वराजा ज्ञानेन्द्र शाहले  देश अस्थिरतातर्फ गइरहेको संकेत गर्दै  राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो पार्नुपर्ने सुझाएका छन् । उनले पृथ्वीनारायण शाहको २९९औं जन्म जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै  एकताको गाँठो बलियो पार्न सुझाएका हुन् । 

शुभकामना सन्देशमा उल्लेख छ, ‘राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नुपर्दछ । यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहनेछ । यसैमा पृथ्वी जयन्तीको सार्थकता रहन्छ भन्ने हाम्रो मान्यता हो ।’

उनले पृथ्वीनारायण शाहले अखण्ड नेपाल निर्माण गरेको ऐतिहासिक सन्दर्भतर्फ संकेत गर्दै आफ्नो चाहना पनि राष्ट्रिय एकता र अखण्ड राष्ट्र रहेको बताएका छन् । प्रत्येक वर्ष २७ पुसमा पृथ्वी जयन्ती मनाउने गरिएको छ ।