२९९ औं पृथ्वी जयन्ती (हेरौं तस्विरमा)


पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती नागरिकस्तरबाट बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सिंहदरवार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा विभिन्न संघ संस्थाहरुले माल्यार्पण गरिएको छ।

आ-आफ्नो जातीय पहिरन र झाँकीसहित कार्यक्रममा सहभागी भएकाहरुले राष्ट्रिय झण्डा बोकेका थिए ।

कार्यक्रममा राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरा, सिने कलाकार मनिषा कोइराला लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति थियो ।

त्यस्तै राष्ट्रिय एकता दिवसका अवसरमा गत मंगलबारदेखि सुरु भएको नेपाली सेनाको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा जंगीअड्डा आइपुगेको छ।

राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको जुलुस क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो । बाजागाजासहित यालीमा सहभागीहरु मुल सडकमा हिँडेपछि प्रहरीले पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो ।

प्रहरीले राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतलाई धरपकड गरेपछि केही समय धकेलाधकेल भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नेहरुले आधुनिक नेपालको निर्माणमा शाहवंशीय राजा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै पृथ्वी जयन्तीको दिनलाई सार्वजनिक विदा नदिएको भन्दै सरकारको आलोचना गरे ।
शब्द/तस्विर : सुनिल शर्मा