निर्वाचन आयोगमा नेकपाको विवाद हेरिरहेका सहसचिवको सरूवा

सरकारले नेकपाभित्रको पछिल्लो समय देखिएको विवाद हेरिरहेका निर्वाचन आयोगका एक जना सहसचिवलाई सरूवा गरेको छ।

आयोगको कानुन महाशाखा प्रमुख रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो।

गौतम दश महिनादेखि राजनीतिक दलको दर्ता, नीति नियमदेखि विवाद निरूपणको काम गर्ने महाशाखा प्रमुख थिए । पछिल्लो समय नेकपाको विवाद पनि महाशाखाले हेरिरहेको थियो। 

गृह मन्त्रालयका  सहसचिव पुष्कर सापकोटालाई गौतमको ठाउँमा पठाइएको छ। सरूवापछि शुक्रबार आयोगबाट गौतम बिदा हुँदै छन्।

पार्टीको नाम र चुनाव चिन्ह आफूले पाउनु पर्ने दुबै पक्षको दाबीमा आयोगले निर्णय गर्न बाँकी छ।