सभापति देउवा सवार हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण

काठमाडौं, माघ १ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ।

मौसम खराबीको कारण हेलिकोप्टर पालुङटारको आँपपिपल भन्ने स्थानमा आकस्मिक अवतरण गरिएको हो। 

उनी काठमाडौंदेखि पर्वत जाँदै थिए।