काठमाडौँ विश्वविद्यालयले बालकृष्ण समको जन्मघर पुनर्निर्माण गर्ने


काठमाडौँ : बालकृष्ण सम संग्रहालयको अवधारणासहित शैक्षिक कार्यक्रम सञ्चालन गर्न काठमाडौँ विश्वविद्यालयले नाट्य सम्राट बालकृष्ण सम जन्मघरको पुनर्निर्माण शुभारम्भ गरेको छ । वि.सं २०७६ श्रावण महिनामा यो घरलाई दाताद्वय उषाकिरण राणा, डिलाइट सिंह र काठमाडौँ विश्वविद्यालयले बालकृष्ण सम शैक्षिक गुठीको स्थापना गरी हस्तान्तरण भएको थियो । काठमाडौँ महानगरपालिका वडा नं. १, कमलपोखरीमा समर शमशेरले निर्माण गरेकोले यस घर क्षेत्रलाई नाम समर निकुञ्ज भनिन्छ ।

करिब ३ रोपनी क्षेत्रफलमा रहेको समर निकुञ्जलाई काठमाडौँ विश्वविद्यालयले परम्परागत प्रविधि सहित राणाकालीन शैलीमा संरक्षण गरी बालकृष्ण सम शैक्षिक गुठी मार्फत विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ।

समर निकुञ्जकी दाता डिलाइट सिंहले आफ्नो आमा उषाकिरण राणाको इच्छा र सपना बमोजिम नै काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरेको बताइन्, ‘यस घरको जीवन्त संरक्षण कसरी गर्ने भन्ने ’boutमा धेरै सोचविचार भइरहेको थियो, शैक्षिक थलो बन्ने उद्देश्य अनुरुप काठमाडौँ विश्वविद्यालयसँग जोडिन पाउँदा खुसी प्रकट गरेकीछिन ।’

सम्झौता अनुरुप काठमाडौँ विश्वविद्यालयले ४ वर्षभित्रमा पुनर्निर्माण कार्य सम्पन्न गर्ने ५ औँ वर्षमा बालकृष्ण सम संग्रहालयसहित शैक्षिक कार्यक्रम शुरु गर्ने काठमाडौँ विश्वविद्यालयका संगीत विभाग प्रमुख लोचन रिजालले भनेँ ।

रेडियो नेपालकी पहिलो अंग्रेजी समाचार वाचिका तथा संगीत साधिका उषाकिरण राणाको वि.सं. २०७६ मा पुस महिनामा निधन भएको थियो ।

आज समर निकुञ्जमा दाता डिलाइट सिंह, काठमाडौँ विश्वविद्यालयका उपकुलपति रामकन्ठ माकजु, कलाकार सुनिल थापा, लेखक कुमार नगरकोटी, भूपेन्द्र खड्का, काठमाडौँ उपत्यका संरक्षण कोषका कार्यकारी निर्देशक रोहित रञ्जितकार र काठमाडौँ विश्वविद्यालयका संगीत विभाग प्रमुख डा. लोचन रिजालले पुनर्निर्माणकार्यको अवलोकन गरेका थिए ।