मंगल ग्रहको यात्रा गराउने यस्तो छ अन्तरिक्ष यान

काठमाडौं, माघ ५ : पलरिङ्कन एलनमस्कको निजी कम्पनी स्पेस-एक्सद्वारा निर्मित, ‘स्टारसिप’ अन्तरिक्ष यात्राको मानवीय सपना साकार गर्ने प्रयास हो।
यसले एकपल्टमा १०० भन्दा बढी मानिसलाई बोकेर मंगल ग्रहको यात्रा गराउनेछ। एलनमस्कको स्पेस फ्लाइट कम्पनी, स्पेस-एक्सको लक्ष नै मानिसलाई बहुग्रह प्रजाति बनाउने हो। पृथ्वीमा विनाशको खताराका कारण, मस्क अन्य ग्रहमा नयाँ शहर र सभ्यताको निर्माण गर्ने चाहना राख्छन्। यस सपनालाई साकार गर्न उनले बनाएको अन्तरिक्ष सवारीको नाम हो स्टारसिप।
पुन:प्रयोज्य यातायात प्रणाली अनुसार, स्टारसिपको मुख्य हार्डवेयरहरूलाई समुद्रमा फ्याँक्ने याज लाउने काम गरिँदैन। एकपटक उडान गरेपनी, त्यसलाई पुन मर्मत गरी, सम्पुर्ण उध्यमको लागत घटाउँदै नयाँ बनाएर फेरी उडाउन सकिन्छ।

के हो त स्टारसिप ?
यस प्रणालीमा रकेटको भागलाई सुपरहेभी बुस्टर भनिन्छ। अन्तरिक्ष यानको भागलाई स्टारसिप भनिन्छ र १२०मिटर (३९४फूट) अग्लो संयुक्त प्रणालीलाई पनि स्टारसिप नै भनिन्छ।
५० मिटर लामो यानलाई अपर स्टेज भनिन्छ जसको माथिल्लो भागको छेउमा पेलोड कम्पार्टमेन्ट छन्। त्यसमा ठूला कार्गोया मानिसलाई राखी अन्तरिक्षको गन्तव्यमा पुर्याउनेछ। यसवाहनको पछाडी ६ वटा रेप्टर इन्जिनहरू हुन्छन् जसलाई अक्सीजन र मीथेनको तरल (मिथेलक्स) ले चलायमान राख्छ।
रकेट इन्जिनहरूमा मिथेनको प्रयोग खासै हुँदैन तर स्पेसएक्सले एक दशक बढी लगाएर बनाएको रेप्टरइन्जिनमा अत्यन्तै बल प्रदान गर्ने मिथेनको प्रयोग हुन्छ। मंगलग्रहको वायुमण्डलमा अधिक कार्बनडाइअक्साइड र सतहमा भएको पानीको रासायनिक प्रतिक्रियाद्वारा मिथेनलाई प्रयोगमा ल्याउन सकिन्छ। यसले स्टारसिपको इन्धनमा कुनै कमी नहुने स्पेस एक्सका संस्थापकको भनाइ छ।
सुपरहेभी रकेट ७० मिटर लामो हुन्छ जसमा ३४०० टन चिसो मिथेलक्स भरिन्छ। यो २८ वटा रेप्टर इन्जिनको मद्दतले ७२ मेगान्युटनको बलले वायुमण्डलमा उड्छ। यसले अन्तरिक्षमा कमसेकम १०० टन र पृथ्वी कक्षभीत्र १५०टनको पेलोड (थपभारवहन) क्षमता हुन्छ।
सुपरहेभी ६० र ७० को दशकमा प्रयोग हुने अपोलोचन्द्र अभियानको सुपरहेभी लिफ्ट, शनि-भीलन्चर भन्दा पनि धेरै ज्यादा शक्तिशाली हो।

यो कसरी अन्तरिक्ष सम्म पुग्छ?
जब यो लन्च प्याडबाट छुट्छ संयुक्त स्टार सिप प्रणाली अन्तरिक्षको अभिप्रेरित दिशातर्फ बढ्छ। अन्तरिक्षमा पुगेर अपरस्टेज, सुपरहेभीसँग छुट्टिएर पुन पृथ्वीमा फर्कन्छ। तल झर्दै जाँदा सुपर हेभीले बुस्टरको छेउबाट स्टीलको ग्रिडफिन्सलाई फैलाएर लन्चप्याडतर्फ आउँछ। यसलाई अर्को प्रक्षेपणमा पुन प्रयोग गर्न मिल्छ। स्टारसिपको माथिल्लो भागलाई फर्काएर फेरी आकाशको पार्किंग अर्बिटमा राख्न सकिन्छ। त्यहाँ इन्धन भर्नको लागि अर्को स्टारसिप पहिले देखी तैनात अवस्थामा राख्न सकिन्छ।
स्टार सिप के को लागि प्रयोग हुनेछ ?
स्टार सिपद्वारा मंगल ग्रहको यात्रामा आउन र जान ९-९ महिना लाग्नेछ । मस्क, यस यात्रालाई विचार गरी अपरस्टेजको भीत्रको पेलोड क्षेत्रमा ४० वटा क्याबिन राख्न चाहन्छन्। एउटा क्याबिनमा ५ देखी ६ जनासम्म बस्न मिल्ने भएपनि केवल २ देखी ३ व्यक्ति राख्ने सोचमा छन्। यसको मतलब एक फ्लाइटमा झण्डै १०० जनाले यात्रा गर्नेछन्। पेलोड क्षेत्रभीत्र भण्डारण ग्यालेरी र सौर्य आँधिबेरीबाट जोगिन मिल्ने आश्रय कक्ष हुनेछ।

नासाको दिर्घकालिन कार्यक्रम- आर्टेमिसको मानिसलाई चन्द्रमाको यात्रा गराउने अभियानमा पनि स्टारसिपले भूमिका खेल्न सक्छ। सन् २०२० मा स्पेस एक्स कम्पनीलाई नासाले १३ करोड ५० लाख डलर पुरस्कार दियो। नासाले त्यो पुरस्कार स्टारसिपलाई चन्द्रयानको लागि उपयुक्त परिमार्जन गर्ने हौसला दिनको लागि प्रदान गरेको थियो।
स्पेस–एक्सको भनाइ अनुसार पेलोडको खाली भागमा नयाँ रोबोटिक मिसनको लागि अन्य कुनै प्रयोग पनि गर्न मिल्छ। हबल टेलिस्कोपको उत्तराधिकारमा आएको जेम्स वेब अब्जर भेटरीको भन्दा पनि ठूलो टेलिस्कोपलाई यसले प्रयोग गर्न सक्छ। यस प्रणालीद्वारा पृथ्वीको अन्य कुनै उच्च गतिका यात्राहरू पनि गर्न मिल्नेछ। स्टारसिपको दीर्घकालीन उद्देश्य ग्यासले भरिएको वायुमण्डल बिचको बृहस्पति ग्रह पुग्ने लक्ष्य रहेको छ।

अपर स्टेजले कसरी अवतरण गर्छ?
अन्य अन्तरिक्ष यानहरू पृथ्वीमा फर्कँदा ईन्जिनियरहरूले प्यारासूटलाई प्रयोगमा लिन्छन्। धेरै जसो हवाइजहाज झैँ रनवेमा ल्याण्ड गर्न मिल्ने गरी डिजाइन गरिएका हुन्छन्। स्टारसिपको अपरस्टेजले ल्याण्ड गर्नु पूर्व वायुमण्डलमा ६०डिग्री को तेर्सो शैलीमा प्रवेश गर्दै बेली फ्लप-मानिसले स्विमिङ पुलमा हाम फाल्ने तरिका झैँ अवतरण गर्छ।
यो भुमीमा अवतरण गर्नुपूर्व अपरस्टेजको अगाडी र पछाडीका ४ वटा स्टिलको पँखेटा जस्तो फ्ल्याप्सको सहयोगमा नियन्त्रीत हुन्छ। यो तरिका स्काइडाइभ गर्दा मानिसले खुट्टा र पाखुरा प्रयोग गरी नियन्त्रीत भएझैँ हो। मस्कको भनाइ अनुसार यो तरिकाबाट सौर्य जगतको कुनैपनि ग्रह सतहमा सुरक्षित रूपले अवतरण गराउन सकिन्छ।

यसले कहिले उडान लिनेछ?
अघिल्लो केही वर्षदेखी स्पेस-एक्सले टेक्सासको बोकाचिकामा अपरस्टेजका विभिन्न प्रोटोटाइपहरूको परीक्षण गर्दै आइरहेको छ। सबैभन्दा पहिले, स्टारसिपले ३९ मिटर अग्लो स्टार होपरको परिक्षण गर्योि। त्यसपछी लगातार निकै जटिल र ठूला स्टारसिपको प्रोटोटाइप परिक्षण गर्दै आइरहेको छ।
गत डिसेम्बरमै स्पेस एक्सले एसएन ८ को परिक्षण गर्योस। यो १२.५ किमीको उचाइमा पुगेर पृथ्वी फर्कने क्रममा अलि छिटो अवतरण गरेका कारण भुमीमा विस्फोट हुन पुग्यो। स्पेस-एक्सले, प्रोटोटाइप एसएन ९ लाई अहिले प्रक्षेपण प्याडमा राकेको छ । स्पेस-एक्सले आउदो प्रक्षेपणमा हुने अवतरणले विघटन ननिम्त्याओस् भन्ने लक्ष्य राखेको छ।

गत अक्टुबर मस्कले, सन् २०२४ मा मानिस बिनाको स्टारसिपलाई मंगल ग्रहमा पुर्यापउने लक्ष्य रहेको बताएका थिए। केही पर्यवेक्षक मस्कको महत्वाकांक्षा ठूलो भएपनि निकै भरोसार आशाजनक रहेको बताउँछन्।
– बीबीसी डटकमबाट