‘प्रचण्ड र माधव घरमूली विरोधी मूर्ख छोरा हुन्’– सूर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल ‘घरको मूल मान्छे विरुध्द दाउपेच गर्ने मूर्ख छोराहरु जस्ता’ भएकाले अहिलेको अवस्था सिर्जना भएको बताएका छन् ।
‘घरको मूल मान्छे (प्रधानमन्त्री ओली) विरुध्द षड्यन्त्र गर्दै घर निकाला गर्न खोजेपछि कि त घरमूलीले चूपचाप घर त्यागेर वृध्दाश्रमतिर लाग्नुपर्यो कि भने मूर्ख छोराहरुलाई ठीक गर्नुपर्यो । प्रधानमन्त्रीले उपयुक्त जे हुन्थ्यो त्यही गर्नुभयो’ सल्लाहकार थापाले भने ।
प्रधानमन्त्री ओलीले दुइवर्ष एघार महिनाको कार्यकाल अवधिमा ८५ प्रतिशत समय त प्रचण्डका लागि मात्र खर्च गर्नुपरेको सल्लाहकार थापाले सुनाए । त्यसको विवरण प्रस्तुत गर्दै उनले भने– ‘प्रधानमन्त्रीले दुइवर्ष एघार महिनाका ८५ प्रतिशत समय त प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठका गन्थन सुन्न नै खर्च गर्नुपरेको छ । यसबीचमा उनीहरुसँग ३०८ पटक बैठक बस्नुपरेको छ । प्रचण्ड एक्लैसँग मात्र ६५० घण्टा । तर ती सबै बैठक उनको गुनासो, रोदन, कुण्ठा, रोइलो सुनेर खर्च भएको छ । प्रचण्डलाई रिझाउन निकै कोशिस गर्नुभयो प्रधानमन्त्रीले तर त्यो त बालुवा निचोरेर तेल निकाल्ने प्रयाश गरेजस्तोमात्र भयो । प्रचण्डसँगका बैठक कम्तीमा एक घण्टा र बढीमा चार घण्टासम्मका भए ।’
सल्लाहकार थापाले दृश्य टेलिभिजनसँग गरेको बिचारोत्तेजक वार्ताको वृत्तान्त हेर्न यहाँ क्लिक गर्नुहोला–