काँग्रेसले प्रतिनिधिसभा विघटन बिरुद्ध आज छ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्ने

काठमाडौं, माघ ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसले आज वडा हरुमा विरोध प्रदर्शन गर्दैछ ।

विघटनको कदमविरुद्ध गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा यही माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन सम्पन्न गरेको काँग्रेसले आज छ हजार ७४३ वडामा आयोजना गर्ने विरोध प्रदर्शन गर्न लागेको हो ।

विरोध प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैमा अपिल समेत व्यक्त गरिसकेका छन् । उनले वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल गरेका हुन् ।