प्रतिनिधिसभा पुनर्स्थापना हुने सम्भावना नै छैन : अर्थमन्त्री विष्णु पाैडेल

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले अहिले  प्रतिनिधिसभा पुनर्स्थापना हुने कुनै सम्भावना नभएको दाबी गरेका छन् । उनले ओली पक्षीय प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै संविधानमै विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुने सम्भावना नरहेको दाबी  गरेका हुन् ।

उनले भने, ‘सर्वोच्च अदालतले गर्ने निर्णयलाई हामी हार्दिकतापूर्वक स्वीकार गर्छौँ । यद्यपि संविधान निर्माण प्रक्रियामा सहभागी भएको नाताले संविधानको विश्लेषण गर्दा  अहिले प्रतिनिधिसभा पुनर्स्थापना हुने सम्भावना देखिँदैन ।’ 

संविधानमा संसद् विघटन गर्ने व्यवस्था नरहेको मतको खण्डन गर्दै उनले भने, ‘संविधानको धारा ७६ को ७  र धारा ८५ ले पाँच वर्षअगावै प्रतिनिधिसभा विघटन हुन सक्ने प्रबन्ध गरेको छ ।’
 
उनले नेपाल समाज नयाँ निर्वाचनतर्फ उन्मुख भएको बताउँदै आगामी निर्वाचनको तयारीमा लाग्न सुझाएका छन् ।