अमेरिकामा बाइडन राष्ट्रपति बनेपछि प्रधानमन्त्री ओली र राजदूत बेरीबीच भेटवार्ता

काठमाडौँ, माघ ९ : नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले राष्ट्रपति बाइडनका शीर्ष प्राथमिकताहरू’bout छलफल गर्न प्रधानमन्त्री केपी ओलीसँग बिहीबार भेटवार्ता गरेकाछन । राजदूत बेरीले भन्नुभयो बाइडन प्रशासन जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड-१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न चाहन्छ । राष्ट्रपति बाइडनले भनेजस्तै, “अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौँ । हामी हाम्रा गठबन्धनहरू मर्मत गर्नेछौँ र विश्वसँग फेरि संलग्न हुनेछौँ । हिजोका हैन, आज र भोलिका चुनौतीहरूको सामना गर्न । हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौँ । हामी शान्ति, प्रगति, र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार हुनेछौँ ।”

नयाँ प्रशासनले विश्वव्यापी संलग्नताको मुख्य उपकरणको रूपमा कूटनीतिलाई प्रयोग गर्ने राजदूत बेरीले प्रधानमन्त्री ओलीलाई बताउनुभयो । राष्ट्रपति बाइडन कोभिड-१९ जस्ता साझा चुनौतीहरू समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगमा विश्वास गर्दछन् । त्यसका लागि राष्ट्रपति बाइडनले विश्व स्वास्थ्य सङ्गठनमा अमेरिकाको सदस्यता पुनः सुचारु गर्नेछन् । उनले अन्तर्राष्ट्रिय संस्थाहरूसँग अमेरिकाको सम्बन्ध पुन:स्थापना र नेपाललगायत विश्वभरका प्रजातन्त्रहरूसँगको साझेदारी पुनर्जीवित गर्नेछन् ।

आफ्नो एक अग्रणी कामका रूपमा राष्ट्रपति बाइडन पेरिस जलवायु सम्झौतामा पुनः सामेल भएका छन् र उनले अमेरिकालगायतका देशहरूको जलवायु लक्ष्य बढाउने कूटनीतिक कदमको नेतृत्व गर्नेछन् । राजदूत बेरीले नेपाल जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेको बताए । उनले सगरमाथा संवादलाई सफल बनाउन मद्दत गर्ने र जलवायु परिवर्तनका प्रभावहरूलाई कसरी मिलेर सम्बोधन गर्ने भनी छलफल गर्ने दूतावासको चाहना पनि व्यक्त गरे ।

बाइडन प्रशासनले स्वदेशमा र विश्वभर महिला तथा बालिकाहरूको अधिकारको उत्थानमा केन्द्रित हुने लगायत गरी मानव अधिकारको नेतृत्व लिनेछ । यी विषयहरूमा सँगै काम गर्न आफू उत्सुक रहेको राजदूत बेरीले बताउनु भयो ।

प्रधानमन्त्री ओलीसँगको यो भेट नेपाल सरकार र राजनीतिक दलका नेताहरूसँग नयाँ राष्ट्रपतीय प्रशासनको विश्वव्यापी प्राथमिकताहरू’bout छलफल गर्न राजदूत बेरीले गर्ने उच्चस्तरीय बैठकहरूमध्ये एक थियो ।