प्रधानमन्त्री ओलीलाई नेकपाको प्रचण्ड नेपाल पक्षले पार्टीको साधारण सदस्य समेत नरहेन गरी निष्कासन

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको प्रचण्ड नेपाल पक्षले पार्टीको साधारण सदस्य समेत नरहेन गरी निष्कासन गरेको छ।

आज बसेको स्थायी समितिको बैठकले गंगालला तुलाधरलाई कार्यालय सचिवमा नियुक्त गरेको छ। त्यस्तै कार्यालयको उपसचिवमा मोहन गौतम नियुक्त भएका छन्।

यसअघि पुस ७ गते बसेको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय कमिटीले ओलीलाई अध्यक्षबाट हटाएको थियो। ओलीको ठाउँमा माधव नेपाल अध्यक्ष बनेका छन्।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा २ सय ९७ जना उपस्थित बैठकले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो।