कोभिड–१९ खोपका भरोसालायक अनुसन्धान र उपलब्धी
काठमाडौं, माघ १२ : कोभिड–१९ खोप विकासका पछिल्ला प्रगति के छन् ? के यस्ता खोपले तत्काल ‘सार्स–कोभ–२’ उन्मुलन होला ? यस्तै प्रश्न र आशा संसारभरका मानिसमा देखिन्छ । यी प्रश्नको जवाफ मानिसहरू पत्रपत्रिकामा खोजिरहेका छन्। तर, फेरि नयाँ प्रकारको भाइरस देखापर्नाले महामारीको अन्त्य चाँडै होला भन्ने आशा धुमिल बनेको छ।
अत्यधिक संक्रामक ‘सार्स–कोभ–२’ले महामारीको रूप लिएको वर्षदिन पूरा भइसकेको छ । यस बीचमा नौ करोड ५० लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिइसकेको छ । वैज्ञानिकहरू खोप विकासमा निरन्तर लागिपरेका छन् । किनकि, खोप विकास नै कोरोना प्रसार नियन्त्रणमा प्रभावी बन्ने आशा छ । हाल अनुमोदित र विकास क्रममा रहेका खोपहरू ‘सार्स–कोभ–२’को रोकथाममा कति प्रभावकारी बन्छन् भन्ने जिज्ञासा स्वाभाविक हो । यस’bout विस्तृत जानकारीका लागि विकास भइसकेका र हुँदै गरेका खोप’bout बुझ्न जरुरी छ ।
अनुमोदन भएका आठ खोप
संक्रामक रोग विशेषज्ञहरू ‘सार्स कोभ २’ को प्रकोप भविष्यमा बढ्न नदिन खोप नै अचुक उपाय भएको बताउँछन् । हालसम्म विश्वभर आठवटा खोप अनुमोदित भएका छन् ।
फाइजर–बायोन्टेक खोपले अमेरिका, बेलायत र युरोपियन युनियनमा आबद्ध २७ सहित ५० वटा देशमा प्रयोग अनुमति पाएको छ । फाइजर–बायोन्टेक ‘आरएनए’ खोप हो, जसले शरीरमा प्रोटिन विकास गरी भाइरसविरुद्ध लड्न मद्दत गर्छ।
यस्तै, मोडर्ना र नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज (एनआईएआईडी) द्वारा विकास गरिएको आरएनए खोपले पनि ३६ मुलुकमा प्रयोग अनुमति पाएको छ । यसमा पनि अमेरिका, बेलायत र युरोपियन युनियनमा आबद्ध मुलुक सामेल छन् ।
रुसको स्पुतनिक–भी नामक भाइरल भेक्टर खोप रुसी अनुसन्धान संस्थान गेमलियाद्वारा विकास गरिएको हो । यसलाई आकस्मिक प्रयोगमा ल्याउन आठ मुलुकले स्वीकृति दिएका छन्। ‘स्पुतनिक–भी’लाई प्रयोग अनुमति दिने मुलुक हुन्– अल्जेरिया, अर्जेन्टिना, बेलारुस, बोलिभिया, गुयना, रुस, सर्बिया र वेस्ट बैंक ।
अक्सफोर्ड–अस्ट्राजेनेका भाइरल भेक्टर भ्याक्सिनलाई पनि सात मुलुकले प्रयोग अनुमति दिएका छन्। ती मुलुक हुन्– अर्जेन्टिना, डोमिनिकन रिपब्लिक, एल साल्भाडोर, भारत, मेक्सिको, मोरक्को र अमेरिका।
केही देशमा वितरणका लागि स्वीकृती प्राप्त अन्य खोप :
(१) कोभिसिल्ड– यो भारतमा स्वीकृत भाइरल भेक्टर खोप हो
(२) कोभ्याक्सिन– भारतमा आधिकारिकता पाएको खोप हो
(३) सिनोफर्म– यो सक्रिय भएको छैन । तर, चीन, इजिप्ट र संयुक्त अरब इमिरेट्सलगायत ६ मुलुकमा आधिकारिकता पाएको छ ।
(४) सिनोभाक– प्रयोगमा नआइसकेको खोप हो, जसलाई चीन, इन्डोनेसिया र टर्कीमा प्रयोगका लागि अनुमति दिएको छ ।
गत १५ जनवरीमा आयोजित ग्लोबल फोरममा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस अदानम गेब्रेयिससले कोभिड–१९ विरुद्धका खोपहरू एक वर्षभन्दा कम समयमा विकास र अनुमोदन हुनु निकै आश्चर्यकजनक वैज्ञानिक उपलब्धी भएको बताए।
खोप भर्सेस ‘सार्स–कोभ–२’
नयाँ प्रकारको कोरोना भाइरस प्रसार तीव्र बन्दा बेलायत अहिले लकडाउनमा छ । दक्षिण अफ्रिका र ब्राजिलमा पनि नयाँ प्रकारको कोरोना भाइरस चिन्ताको कारक बनेको छ । त्यसैले मानिसमा खोपको विकास कोरोना प्रसारमा प्रभावकारी हुनेमा सन्देह प्रकट गरिरहेका छन् ।
संक्रामक रोग विशेषज्ञ र खोप निर्माता कम्पनीहरू आफूले बनाएको खोप कोरोना भाइरस रोकथाममा प्रभावकारी हुने दाबी गरिरहेका छन् । जनवरी पहिलो साता खोप निर्माता कम्पनीहरू फाइजर र एनआईएआईडीले ‘मेडिकल न्युज टुडे’सँग नयाँ प्रकारको भाइरस प्रसार रोकथाममा आफ्ना खोप प्रभावकारी हुने बताएका थिए ।
सार्वजनिक–निजी साझेदारीमा अमेरिकाले सुरु गरेको ‘अपरेसन वार्प स्पिड’ कोभिड–१९ विरुद्ध खोप विकास, उपचार र डायग्नोसिसका लागि एक पहल हो । अमेरिकाको ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’ (एफडीए)ले आपतकालीन प्रयोग अनुमति दिएका फाइजर–बायोन्टेक र मोडर्ना कम्पनीका खोपको प्रभावकारितामा एनआईएआईडीका वैज्ञानिकहरू पूर्ण विश्वस्त छन्।
उनीहरूका अनुसार यी खोप ‘सार्स–कोभ–२’ र ‘यूके भेरियन्ट’विरुद्ध प्रभावकारी छन् । यी खोपले मानव शरीरमा भाइरसलाई परास्त गर्ने प्रोटिन उत्पादन गर्छन् । र, भाइरससँग लड्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछन् ।
बायोन्टेकका अध्यक्ष डा. उर साहिन पनि फाइजर–बायोन्टेक खोप कोरोना भाइरसविरुद्ध प्रभावकारी रहने बताउँछन्। आफ्ना साथीहरू यसको परीक्षणमा सहभागी भइसकेको उनको भनाइ छ ।
अन्य वैज्ञानिकहरूले पनि हालसम्म स्वीकृति पाएका खोपहरू कोरोनाविरूद्ध प्रभावकारी रहेको बताउँदै आएका छन् । हालै दक्षिण अफ्रिकामा पनि नयाँ प्रकारको कोरोना भाइरस देखिएको छ । त्यसविरुद्ध हाल विकास भएका खोप प्रभावकारी रहेको बेलायतको लेसेस्टर युनिभर्सिटीका क्लिनिकल विषाणु विज्ञ डा. जुलियन डब्लू टाङ्को बताउँछन् । ती खोपलाई नयाँ प्रकारको भाइरसविरुद्ध केही महिनाभित्रै तयार पार्न सकिने उनको भनाइ छ । नयाँ प्रकारका भाइरसविरुद्ध यी खोप प्रभावी नबन्ने कुनै कारण नभएको उनी बताउँछन् ।
परीक्षणमा ‘जेएनजे–७८४३६७३५’
केही खोप क्लिनिकल परीक्षणमा छन् । तीनैमध्ये हो, औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनको ‘जेएनजे–७८४३६७३५’ । कम्पनीले यस खोपलाई एकल र दुई डोज दुवै विधिका लागि विकास गर्दैछ ।
तथापि, यसको परीक्षणमा सहभागी एकजनामा साइड इफेक्ट देखिएपछि अक्टोबर २०२० मा यसको परीक्षण स्थगित गरिएको थियो । तर, हालै यसको परीक्षण पुनः सुरु गरिएको छ ।
पछिल्लो परिणामले यो खोपलाई सुरक्षित देखाएको छ । तेस्रो चरण परीक्षणको परिणाम जनवरी अन्तिमसम्ममा प्राप्त हुने कम्पनीको भनाइ छ । उक्त परिणामपछि मात्र प्रयोग अनुमतिको प्रयास थाल्ने जोन्सन एन्ड जोन्सनले बताएको छ ।
– मेडिकल न्युज टुडे डटकमबाट