भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

काठमाडौं, माघ २५ : बैतडी दोगडाकेदार–७ की भागरथी भट्ट (१७ वर्ष)को बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। जिल्ला अस्पतालमा गरिएको पोस्टमार्टमबाट यस्तो निष्कर्ष निस्किएको हो।

प्रहरीका अनुसार बलात्कारको प्रतिकार गर्दा उनको टाउको र हातमा चोट लागेको देखिएको छ भने घाँटीमा निलडाम छ। यौनांगमा घाउ रहेको पोस्टमार्टमबाट पुष्टि भएको छ।

सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आइतबार घटनास्थल पुगेर निरीक्षण गरेका छन्।

गत बुधबार साँझदेखि हराइरहेकी भट्ट बिहीबार मृत फेला परेकी थिइन्।