मनाइयो ल्होछार


नयाँ वर्ष लाई स्वागत गर्दै तामाङ्ग समुदायले २८५७ औं लाङ ल्हो (गोरु वर्ष) सोनाम ल्होछार तथा हिमाली आदिवासी शेर्पा समुदायले २१४८ औं वर्ष च्यामो लाङ ल्हो (गोरु वर्ष) ग्याल्पो ल्होछार विभिन्न कार्यक्रमका साथ मनाएका छन् । कोरोनाको महामारीका कारण औपचारिक कार्यक्रमहरु नभए पनि दुवै समुदायका मानिसहरु आफनो मौलिक तथा सांस्कृतिक पहिरनमा यो पर्व उल्लामय तरिकाले मनाएका छन् । ल्होछार मनाउन बौद्ध क्षेत्रमा तामाङ्ग समुदाय तथा शेर्पा समुदायका मानिसहरुको बाक्लो उपस्थिति थियो ।
 शब्द / तस्विर: सुनिल शर्मा