भागरथीका दाइले प्रहरीमा दिए दिनेश भट्टविरुद्ध जाहेरी
काठमाडौं, फागुन ५ : बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार–हत्या घटनामा संलग्न भएको भन्दै दिनेश भट्टविरुद्ध प्रहरीमा जाहेरी दिइएको छ । भागरथीका दाइ शंकर भट्टले १६ वर्षीय दिनेश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएका हुन् ।
प्रहरीले दिनेशलाई मंगलबार पक्राउ गरेको छ । उनले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् । आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर घटना’bout थप जानकारी दिने प्रहरीको तयारी छ ।