भागरथी भट्ट हत्याका आरोपित प्रहरीद्वारा सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार पत्रकार सम्मेलन गरी भागरथी भट्टका बलात्कार तथा हत्या आरोपी’bout जानकारी दिएको छ । बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टले ढुकेर उनको हत्या गरेको खुलेको छ। 

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले सम्मेलनमा ती किशोरले हत्या गर्न भागरथीलाई लवलेक जंगलमा कुरेर बसेका थिए। 

सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ अध्ययनरत थिए।

माघ २१ गते दिउँसो करिब २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए।  

‘घर जाने क्रममा घटनास्थल पुगेर भागरथीलाई मार्ने उदेश्यले कुरेर बसेको देखियो,’ उनले भने, ‘भागरथीलाई सडकभन्दा तल धकेलेर लडेपछि जबरजस्ती घाँटी थिचेर मारेको देखियो,’ डिआइजी सुवेदीले भने।

तर, किशोरले बलात्कार भने नगरेको प्रहरीको बयानमा भनेका छन्। तर, पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको देखिएको थियो।