कांग्रेसकाे भदौ ७–१० काठमाडौंमा चाैधाैँ महाधिवेशन

काठमाडौं, फागुन ५ : कांग्रेस केन्द्रीय समितिको म्याद ६ महिना थप भएको छ ।

पार्टी केन्द्रीय समितिको बुधबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । आगामी भदौ ७ देखि १० सम्म काठमाडौंमा पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय पनि केन्द्रीय समितिले गरेको छ ।

यसअघि फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने निर्णय कांग्रेसले गरेको थियो । कोभिड–१९ महामारीका कारण वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशनमा ढिलाइ भएपछि महाधिवेशन भदौ ७ देखि १० सम्म गर्ने निर्णय भएको केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए ।