सकियो बहस संसद् विघटनविरुद्ध मुद्दाको

काठमाडौं , फागुन ७ :  सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध मुद्दाको बहस सकिएको छ ।

शुक्रबार एमिकस क्युरी वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो ।

बहस सकिएपछि  फागुन १० गतेभित्र बहस नोट दिन कानुन व्यवसायीलाई आग्रह गरेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले १० गतेपछि मुद्दा हेर्दाहेर्दैमा पनि जान सक्ने र  हेर्दाहेर्दैमा पनि सकिन सक्ने बताए ।

१० गतेसम्म बहस नोट आएपछि ११ गते फेरि संवैधानिक इजलास बस्नेछ ।