विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भयो आजको सुरक्षा परिषदको बैठकमा

काठमाडौं, फागुन ११ : मंगलबार बसेको सुरक्षा परिषद्को बैठकमा  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको छ ।

बैठक मंगलबार बिहान रक्षा मन्त्रालयस्थित सुरक्षा परिषद्को सचिवालयमा बसेको थियो । प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परषिदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचवि र प्रधानसेनापति सदस्य रहन्छन् । मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने सहभागी भएनन् । 

 सुरक्षा परिषद बैठक यसअघि गत कात्तिकमा बसेको थियो ।