ओलीले आज ११ बजे बोलाए आफ्नो समूहको स्थायी कमिटी बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहका नेकपाको स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बोलाएका छन्।

समसामयिक राजनीतिक घटनाक्रम’bout छलफल गर्न ओलीले आज बिहान ११ बजे स्थायी कमिटी बैठक बालुवाटारमा राखेका हुन्।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम बदर गरिदिएको थियो।