राष्ट्रपतिले पशुपतिमा जलहरी प्रतिस्थापन गरिसकेपछि सर्वोच्चको नलगाउन आदेश

काठमाडौं, फागुन १२ : सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नलगाउन आदेश दिएको छ।
बुधबार सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले निवेदक र सरकार दुवै पक्षलाई फागुन १७ गते छलफलका लागि डाकेको छ । तर सर्वोच्चको आदेश आउनुअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहान पाैने १२ पशुपतिनाथको मन्दिरमा जलहरि प्रतिस्थापन भइसकेको थियाे।
पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने विषयमा विरोध हुँदै आएको थियो । त्यसक्रममा जलहरी राख्न नहुने भन्दै प्रदेश सांसद नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुंगानाले छुट्टाछुट्टै रिट दायर गरेका थिए । तिनै रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नू भनी अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।