गृह मन्त्रालयद्वारा सरुवा गरिएका ५२ प्रजिअहरु सूचीसहित

काठमाडौं, फागुन १४ : गृह मन्त्रालयले शुक्रबार ५२ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रजिअको जिम्मेवारीमा रहेका २५ सहसचिव र २७ उपसचिव सरुवा गर्ने निर्णय गरेका हुन्।

गृह मन्त्रालयकाको शान्ति सुरक्षा तथा प्रशासन महाशाखाका थानेश्वर गौतमलाई कास्की सरुवा गरिएको छ। सिन्धुपाल्चोकका प्रजिअ उमेशकुमार ढकालको सुनसरीमा सरुवा भएको छ। सुनसरीका प्रजिअ फणिन्द्रमणि पोखरेललाई सप्तरी लगिएको छ।

तुलसीराम सेढाईलाई उदयपुर, ज्ञानप्रसाद ढकाललाई धादिङ, अरूण पोखरेललाई सिन्धुपाल्चोक, शालिग्राम शर्मा पौडेललाई गोरखामा सरूवा गरिएको छ। तीर्थराज भट्टराईको महोत्तरी, नायणप्रसाद भट्टको सर्लाही र सुरेन्द्र पौडेलको बारामा सरूवा भएको छ।

त्यस्तै उपसचिव ध्रुवबहादुर खड्कालाई इलाम पुर्याइएको छ भने वन्दना राईको सरुवा ओखलढुंगामा भएको छ । लीलाधर अधिकारीलाई चितवन लगिएको छ भने उमाकान्त अधिकारीको काठमाडौं प्रशासन कार्यालय र झंकनाथ ढकालको अध्यागमन विभागमा सरूवा भएको छ। 

सूची