विप्लवका तीन कार्यकर्ता पक्राउ

सप्तरी, फागुन १५ : नेत्रविक्रम चन्द विप्लव समूहका तीन जना कार्यकर्तालाई पक्राउ परेका छन् । 

उद्योग व्यवसायी, व्यापारी तथा जनप्रतिनिधिहरुलाई धम्क्याउँदै चन्दा मागेको अभियोगमा प्रहरीले विप्लव समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको हो । उनीहरु शुक्रबार राति पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा सप्तरी खडक नगरपालिका–३ रामनाथ मण्डल, राजविराज नगरपालिका–४ उदयनाथ मण्डल र विष्णुपुर गाउँपालिका–१ का रामकृष्ण मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

रामनाथ विप्लव समूहका सप्तरी जिल्ला जनसत्ता प्रमुख हुन् भने उदयनाथ र रामकृष्ण जिल्ला सदस्य हुन्।