दुई दिन अघिमात्र झापा गएका ओली आज फेरि जाँदै

ठमाडौं, फागुन १८ : प्रधानमन्त्री केपी ओली आज फेरि गृहजिल्ला झापा जाँदैछन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लागेका हुन् । 

प्रधानमन्त्रीले आजै विर्तामोड नगरपालिका–७ मा विपन्न परिवारका लागि निर्मित एकीकृत वस्ती उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनपछि प्रधानमन्त्री ओलीले ३५ परिवारलाई ७ धुर जग्गासहितको घर हस्तान्तरण गर्ने छन् ।

यस्तै, प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारीमा एकीकृत सन्थाल बस्तीको शिलान्यास गर्नेछन् । 

दुई दिन अघिमात्रै प्रधानमन्त्री ओली झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका थिए ।