सर्वोच्चले नेकपा विवाद’bout आज फैसला सुनाउने

काठमाडौं, फागुन २३ : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कसको हो भन्ने बिषयको विवादको निर्णय आइतबार सुनाउने भएको छ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन २० गते बिहीबार निर्णय सुनाउने मिति तय गरेको भएपनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा उक्त दिन शोक विदा परेकाले आज उक्त विवादको निर्णय सुनाउन लागिएको हो ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते दर्ता गरेको रिट दर्ता गरेका थिए।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गरी निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएपछि कट्टेल अदालत गएका थिए।