नेकपाको आधिकारिकता ऋषि कट्टेललाई, दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवाद थप जटिल

सर्वोच्च अदालतले नेपाल कम्युनिष्टण पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ ।सर्वोच्च अदालतको यो निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवाद थप जटिल बनेको छ । 

न्यायाधीस कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले कट्टेलको रिटमा सुनुवाई गर्दै केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपालाई आधिकारिकता दिन अस्वीकार गरेको हो।

माओवादी र एमाले एकता पछि बनेको नेकपा निर्वाचन आयोगमा दर्ता भएपछि कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए।