प्रचण्ड-नेपाल स्थायी कमिटीले पूर्वएमाले र पूर्वमाओवादी अलग भएर जाने निर्णय गर्यो

काठमाडौं, फागुन २४ : नेकपा (प्रचण्ड–नेपाल) समूहको स्थायी कमिटी बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलगत भएर जाने निर्णय गरेको छ।

नेकपा कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले अलग भएर जाने निर्णय गरेको नेकपा वरिष्ठ नेता झलनाथ खनालले बताए। उनको अनुसार अब पूर्वएमाले र पूर्वमाओवादी अलग भएर जानेछन्।